प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्नुपर्छ : नेता साउँद
काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले गठबन्धन गरेर पार्टीलाई राम्रो भएको बताएका छन्।
पार्टीको बुधबारको केन्द्रीय कमिटी बैठकमा उनले भने, गठबन्धन गरेर राम्रो भएको छ। स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाँदा राम्रो परिणाम आएको छ। आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गरेर जानुपर्ने साउदको भनाइ छ। दीर्घकालीन गठबन्धनको नीति अख्तियार गर्नपर्छ उनले भने।
चुनावी गठबन्धन मात्र होइन। पाँच दलबीच विश्वासिलो र भरपर्दो गठबन्धन गरेर जानुपर्नेमा साउदको जोड थियोम यस्तै उनले मूल्यवृद्धि नियन्त्रणमा सरकार प्रभावकारी रूपमा गर्नुपर्ने उनले बताए।
पछिल्लो समय भएको मुल्यवृद्धिले जनताले सरकारप्रति रियाक्ट गरिरहेका छन्। मुल्यवृद्धि नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्छ। यस्तै उनले पार्टीका विभाग र भ्रातृ तथा शुभेच्छुक संस्थालाई तत्काल पूर्णता दिनुपर्नेमा उनले जोड दिए।
असार २९, २०७९ बुधबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।