अर्थतन्त्र कमजोर भएपनि नेपाल श्रीलंकाको बाटोमा जाँदैन : मन्त्री कार्की

काठमाडौँ : नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले नेपालमा श्रीलंकाको जस्तो आर्थिक संकट नआउने बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले अर्थतन्त्र कमजोर भएपनि श्रीलंकाको जस्तो अवस्था नआउनेमा आफू विश्वस्त रहेको बताएका हुन्।
उनले भने, 'अर्थतन्त्र कमजोर छ तर ढुक्क हुनुहोस् नेपाल श्रीलंकाको बाटोमा जादैन, हामीलाई पुग्ने स्रोत साधन देशभित्रै विकास गर्न सकिन्छ।'
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर ३६४ मेगावट बिजुली निर्यात गर्ने सम्झौता गरेको बताए। उनले भारतसहित बंगलादेश लगायत देशमा १५ हजार बिजुली बेचेरै महिनामा अर्बौँ कमाउन गाह्रो नभएको बताए।
उनले केपी ओली नेतृत्वको सरकारको पालामा हप्तै पिछे करोडौँको भ्रष्टाचारका समाचार आउने गरेकोमा अहिले देशमा सुशासन कायम भएको बताए। उनले स्थानीय तहको मत परिणामले नेपाली जनताको मनोविज्ञानमा परिवर्तन ल्याएको बताए। उनले आन्तरिक एकतालाई बलियो बनाएर नेपाली कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो र भरोसा योग्य पार्टी बनाउनुपर्नेमा जोड दिए।
उनले भने, हामीले हाम्रो सभापति माथि गर्भ गर्नुपर्ने अवस्था , थोरै सिट हुँदाहुँदै पनि सरकारमा छौँ, स्थानीय निर्वाचनबाट मुलुकको ठूलो दल बन्न सफल भएका छौँ। सरकार प्रदेश र गाउँगाउँमा आज कांग्रेस छ।
उनले गठबन्धनका समस्या समाधान गर्दै जानुपर्ने बताए। देशलाई राजनीतिक स्थायित्व दिन गठबन्धनको निरन्तरता जरुरी छ। पार्टीभित्र आन्तरिक एकता कायम गर्नुपर्छ उनले भने।
असार २९, २०७९ बुधबार १६:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।