क्रिप्टो कारोबारमा संलग्नताको आशङ्कामा विशाल सिमेन्टका सञ्चालक प्रहरी नियन्त्रणमा

काठमाडौँ : क्रिप्टोको कारोबारमा संलग्न रहेको आशङ्कामा विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई बुधवार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो।
कार्यालयले उनलाई नियन्त्रणमा लिएकोबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन। कार्यालयका एक अधिकारीका अनुसार उनी भर्चुअल मुद्राको कारोबारमा संलग्न रहेको देखिएपछि प्रारम्भिक अनुसन्धानका लागि कार्यालयमा ल्याइएको हो।
उनको संलग्नता र भूमिकाबारे सोधपुछ भइरहेको र देखिएको शङ्कास्पद संलग्नताबारे उनले चित्तबुझ्दो प्रमाण दिन नसके औपचारिक अनुसन्धान अगाडि बढाउने एक प्रहरी अधिकारीले उकेरालाई जानकारी दिए।
असार २९, २०७९ बुधबार १६:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।