एमालेको समितिमा रहेको सार्वजनिक भएसँगै दबाबमा गभर्नर, सार्वजनिक कार्यक्रममा आएनन्

एमालेको समितिमा रहेको सार्वजनिक भएसँगै दबाबमा गभर्नर, सार्वजनिक कार्यक्रममा आएनन्

काठमाडौँ : गैर कानुनी रूपमा पार्टीको समितिमा बसेको सार्वजनिक भएसँगै तनावमा रहेका गभर्नर महाप्रसाद अधिकारी मौद्रिक नीति सम्बन्धी बहस कार्यक्रममा सहभागी भएनन्।

मौद्रिक नीति जारी गर्ने तयारीमा छ राष्ट्र बैङ्क। यसै विषयमा नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घले अन्तर्क्रिया कार्यक्रम राखेको थियो तर त्यसका अतिथिमा अधिकारी पनि थिए।

तर अन्तिम समयमा उनले आफू आउन नसक्ने भन्दै कार्यक्रममा सहभागी हुन डेपुटी गभर्नर बमबहादुर मिश्रलाई पठाए।

उनीसहित एमाले नेता घानश्याम भुसालले समेत एम अधिकारी भनेको महाप्रसाद नभएको दाबी गरेका छन्। तर यस अगाडिको समितिमा महाप्रसाद अधिकारी खोटाङ भनेर उनी समितिमा रहेको पुष्टि भइसकेको छ। यदि अहिलेको समितिमा एम अधिकारी भनेको उनी नभए अर्को को अर्थविज्ञ हो भन्ने न एमालेले खुलाउन सकेको छ न गभर्नर अधिकारीले नै खुलाएका छन्।

बुधवारको संसद्मा समेत यस विषयले प्रवेश पायो। संसद्मा माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदहरूले राष्ट्र बैङ्कको गभर्नर प्रमुख प्रतिपक्षी दलमा आबद्ध हुनु कानुनी र नैतिक रूपमा समेत गलत भएको भन्दै यसबारे छानबिनको माग गरेका थिए।

गभर्नर महाप्रसाद : जहाँ-जहाँ नियुक्ति, त्यहीँ-त्यहीँ विवाद

गभर्नर अधिकारी नआएको कार्यक्रममा मिश्रसहित नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल उपाध्याय, नबिल बैङ्कका डेपुटी सिइओ मनोजकुमार ज्ञवाली लगायत उपस्थित थिए।

उनी पहिलो पटक विवादमा आएका भने हैनन्। उनले जुन-जुन राजनीतिक नियुक्ती पाए ति सबै विवादमा आएको छ।

 

असार २९, २०७९ बुधबार १६:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।