श्रीलङ्काका प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति नियुक्त: श्रीलङ्कन सभामुख

एजेन्सीः श्रीलङ्कन संसद्का सभामुख महिन्दा यपा अबेवर्दनेले प्रधानमन्त्री रानिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको बताएका छन्। सभामुख अबेवर्दनेका अनुसार राष्ट्रपति गोटाबाय राजापाक्षेले प्रधानमन्त्री विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपतिको पदमा नियुक्त गरेका हुन्।
विक्रमासिंघेले आफूलाई कार्यवाहक राष्ट्रपति मानेर राष्ट्रव्यापि संकटकाल लगाएपछि त्यो असंवैधानिक भनेर विरोध भइरहँदा यस्तो दावी आएको हो।
श्रीलङ्काको संकटकाल असंवैधानिक भनेर त्यहाँका विज्ञले पनि बताएका थिए।
विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएपछि भने संकटकाल वैध भएको छ। यद्यपि हाल प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयलाई घेरेर प्रधानमन्त्री विक्रमासिंघेको राजीनामा मागिरहेका छन्।
असार २९, २०७९ बुधबार १४:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।