टी-ट्वेन्टीमा १३औं, एकदिवसीयमा १९औं वरियतामा नेपाल

टी-ट्वेन्टीमा १३औं, एकदिवसीयमा १९औं वरियतामा नेपाल
तस्बिर: क्यान

काठमाडौंः आईसीसीले नयाँ वरियता सार्वजनिक गरेको छ। आज सार्वजनिक भएको वरियतामा नेपालको स्थान यथावत् छ।

जसअनुसार नेपाल टी-ट्वेन्टीमा १३औं स्थानमा छ। यसअघि पनि नेपाल १३औं स्थानमै थियो।

नेपालले २५ खेलबाट चार हजार ६२४ अंक ल्याएर १८५ रेटिङ पाएको छ।

टी-ट्वेन्टीमा शीर्ष स्थानमा भारत रहेको छ। ३९ खेलमा १० हजार ५१४ अंकसहित २७० रेटिङ पाएर भारतले शीर्ष स्थान ओगटेको हो।

यता एकदिवसीयमा पनि नेपालको स्थान यथावत् छ। नेपालको वरियता १९औं रहेको छ। नेपालले १८ खेलबाट २९८ अंकसहित १७ रेटिङ पाएको छ।

यस्तै एकदिवसीयको शीर्ष स्थानमा न्युजिल्याण्ड रहेको छ। न्युजिल्याण्डले १४ खेलबाट एक हजार ७७६ अंकसहित १२७ रेटिङ पाएको छ।

असार २९, २०७९ बुधबार १३:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।