उपसभामुखको निर्वाचन असार ३१ गते

काठमाडौंः प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने बताएका हुन्।
उनले निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन पनि दिएका छन्। उपसभामुख पद लामो समयदेखि रिक्त रहेको छ।
असार २९, २०७९ बुधबार १२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।