राष्ट्रपति भण्डारी र चिनियाँ नेताबीच भेटवार्ता

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच आज शिष्टाचार भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शितलनिवासमा भेट भएको हो।
चार दिने नेपाल भ्रमणमा आएका लिउ आज स्वदेश फर्कने कार्यक्रम छ। यसअघि उनले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग करिब चार घण्टा वार्ता गरेका थिए।
यस्तै नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता गरिसकेका छन्।
असार २९, २०७९ बुधबार १२:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।