तोलामा दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ। हिजो पनि सुन प्रतितोला दुई सय रुपैयाँले नै घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ९४ हजार ३०० कायम गरिएको छ। यस्तै तेजाबी सुन आज तोलामा ९३ हजार ८०० मा कारोबार भइरहेको छ।

महासङ्घका अनुसार आज चाँदीमा पनि प्रतितोला पाँच रुपैयाँ कम भएको छ। आज चाँदी एक हजार १७० कायम भएको छ।

पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर ओरालो लाग्ने क्रममा छ।

असार २९, २०७९ बुधबार ११:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।