गोरखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते
साङ्केतिक तस्बिर

गोरखाः गोरखा नगरपालिका- ५ पश्चिमकालीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोही दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

गोरखा नगरपालिका- ५ पश्लाङका अन्दाजी २७ वर्षीय प्रदीप थापाको उपचारको क्रममा जिल्ला अस्पताल गोरखामा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकलमा पछाडि सवार गोरखा- ७ सतिपिपलका २९ वर्षीय सुरज गुरुङ र सोही स्थानका १३ वर्षीय चन्द्र गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था भने मध्यम रहेको छ।

तीन जना सवार बा६५प ५०५६ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे अनियन्त्रित भई पल्टिएको थियो।

असार २९, २०७९ बुधबार १०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।