कैलालीमा दुईटा मोटरसाइकल एकापसमा ठोकियो, एक जनाको मृत्यु तीन जना घाइते

कैलालीः दुई वटा मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरमा गए राति सुपप्र-०१-००९प ७८९१ र से७प ११४७ नम्बरको मोटरसाइकल एकापसमा ठोकिँदा से७प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृत्यु भएको हो।
उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलमा सवार कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुर्घटनामा सुपप्र-०१-००९प ७८९१ नम्बर मोटरसाइकलका चालक गौरीगङ्गा–९ शङ्करपुरका २७ वर्षीय रमेश चौधरी घाइते भएका छन्। चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जनकारी दिए।
असार २९, २०७९ बुधबार ०९:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।