ब्राउन सुगरसहित मोरङबाट एक जना पक्राउ

मोरङः पथरी शनिश्चरे नगरपालिका-१ बाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मङ्गलबार राति साढे ९ बजे पथरी शनिश्चरे-१ का ३६ वर्षीय वीरबहादुर थापाले घरमा ब्राउन सुगर बिक्री गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले थापालाई पक्राउ गरेको हो।
उनले कोठामा लुकाइ राखेको दुई ग्राम ४५ मिलिग्राम ब्राउन सुगर बरामद पनि भएको छ।
प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका थापामाथि ईलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको छ।
असार २९, २०७९ बुधबार ०९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।