आज गुरु पूर्णिमा

आज गुरु पूर्णिमा

काठमाडौंः हिन्दू परम्पराअनुसार आज गुरु पूर्णिमा पर्व रहेको छ। आफ्ना शिक्षक, सल्लाहकार तथा गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै यो पर्व मनाइँदैछ।

मैथिल परम्पराअनुसार भने गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ वस्त्रआभूषण फेराउने र मिष्ठान्न भोजन गराउने चलन छ।

संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख हुँदा पूर्वीय परम्परामा यस पर्वको महज्ञ्व निकै रहेको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेल बताउँछन्।

पूर्वीय दर्शन परम्पराका स्थापित धर्मग्रन्थ वेद, पुराण, उपनिषद, रामायण र महाभारतसहित महाकाव्यका रचयिता महामुनि कृष्ण द्वैपायन (वेदब्यास) को जन्म पनि आजकै दिन असार पूर्णिमा नै मानिएको छ।

असार २९, २०७९ बुधबार ०८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।