बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भीषण वर्षा हुने

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भीषण वर्षा हुने

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसमबारे जानकारी दिएको छ। जसअनुसार आज देशका बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षा हुनेछ।

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको कारण वर्षा हुने भएको हो। यतिबेला बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा भीषण वर्षाको पनि सम्भावना छ।

आज राति देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

असार २९, २०७९ बुधबार ०७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।