वैदेशिक रोजगारीमा ओमानमा रहेकी श्रीमतीको तस्बिर अश्लील म्यासेजसहित सञ्जालमा राखेको आरोपमा पक्राउ

काठमाडौँ : फेसबुकमा नक्कली खाता खोलेर वैदेशिक रोजगारीका लागि ओमानमा रहेकी श्रीमतीको तस्बिर अश्लील क्याप्सनसहित राखेको आरोपमा जीवन दमाई पक्राउ परेका छन्। उनले सामाजिक सञ्जालमा नक्कली अकाउन्ट बनाएर आफ्नै श्रीमतीको तस्बिर राखेर अश्लील सन्देश लेखेका थिए।
ती युवतीले प्रहरीको साइबर ब्युरोमा उजुरी गरेपछि अनुसन्धानकोक्रममा श्रीमतीको चरित्र हत्या गर्न श्रीमान् नै संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद लिएको छ। श्रीमतीसँग मनमुटाब भएपछि उनले यस्तो गरेको प्रारम्भिक बयानमा खुलेको छ।
यसै गरी फेसबुकमा नक्कली खाता खोलेर नाबालिगहरूको आफन्त र साथीहरूलाई अश्लील शब्दहरू लेखेर सन्देश पठाएको आरोपमा राजेश विकलाई समेत ब्युरोले पक्राउ गरेको छ। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको छ।
असार २८, २०७९ मंगलबार १७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।