नेपालमा कोरोना बढ्दै, आज १७७ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना बढ्दै, आज १७७ जनामा संक्रमण पुष्टि

काठमाडौँ :  कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार १२६ जनामा गरिएको परीक्षणमध्ये आज १७७ जनामा सङ्क्रमण देखिएको हो। 

असार २६ गते १२१ र असार २७ गते १६८ जनामा सङ्क्रमण देखिएको थियो। सक्रिय सङ्क्रमितको सङ्ख्या ८७३ जना रहेका छन् । विगत २४ घण्टामा ४१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्।  योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ७६५ पुगेको छ । निको हुने दर ९८।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएका जिल्ला १४ रहेका छन्। 

अहिलेसम्म होम आइसोलेसनमा ८५३, संस्थागत आइसोलेसनमा २०, भेन्टिलेटरमा एक जना र सघन उपचार कक्ष (आइसियु)मा  ११ जनाको उपचार भइरहेको छ। यस्तै विगत २४ घण्टामा ६४ हजार ९०७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। 
 

असार २८, २०७९ मंगलबार १७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।