शाइन रेसुङ्गा बैङ्कको थप ९ वटा एटिएम सञ्चालन

शाइन रेसुङ्गा बैङ्कको थप ९ वटा एटिएम सञ्चालन

बुटवल : शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले थप ९ वटा एटिएम सञ्चालनमा ल्याएको छ। रुपन्देहीको मणिग्राम र रुद्रपुर, कपिलवस्तुको ४ नम्बर जीतपुर, प्युठानको विजुवार, कास्कीको न्युरोड पोखरा, अर्घाखाँचीको सन्धिखर्क, बाँकेको नेपालगन्ज, दाङको घोराही र कैलालीको अत्तरियामा एटिएम सञ्चालनमा ल्याएको हो । 

बैङ्कले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्न भिसा नेटवर्कमा आबद्ध एटिएम मेसिनबाट डेबिट कार्डको प्रयोग गरी निःशुल्क रकम झिक्न सकिने बताएको छ। बैङ्कले अनलाइनबाट खाता खोल्ने, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्युआर कोड, डेबिट कार्ड, डिम्याट तथा मेरो शेयर लगायतका सेवाहरूको व्यवस्था गरेको बैङ्ककी प्रमुख सञ्चालन अधिकृत एवं डिजिटल बैङ्किङ हेड नम्रता थापाले जानकारी दिइन्। 

बैङ्कले ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटिएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ। लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा र सङ्घीय राजधानी काठमाडौँमा ५ वटा सहित देशभर ८४ वटा शाखा शाखा कार्यालय सञ्चालनमा रहेको बैङ्कको अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको बैङ्कको निक्षेप ४१ अर्ब १३ करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड रहेको छ । बैङ्कका  ५ लाख १५ हजार बढी  निक्षेपकर्ता र १४ हजार  ५ सय बढी ऋणी रहेका छन्। 
 

असार २८, २०७९ मंगलबार १७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।