कांग्रेस प्रदेश सभापतिद्वारा मर्यादाक्रमप्रति आपत्ति

कांग्रेस प्रदेश सभापतिद्वारा मर्यादाक्रमप्रति आपत्ति

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीभित्रका लागि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी गरेको छ। प्रस्तावित वरीयताक्रमको मस्यौदाअनुसार एकदेखि पाँचौँ वरीयतासम्ममा शेरबहादुर देउवा पर्ने देखिन्छन्। 

वरीयताक्रममा एकदेखि पाँँचौँ क्रमशः केन्द्रीय सभापति, पूर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदीय दलका नेता रहने व्यवस्था गरिएको छ। जसमा देउवाबाहेक अरु नेता कांग्रेसमा छैनन्। 

१२१औँ वरीयताक्रम निर्धारण गरेको कांग्रेसले १२०औँमा क्रियाशील सदस्य र १२१औँमा नेपाली कांग्रेस सदस्य रहने उल्लेख छ। 

सहमहामन्त्री बद्री पाण्डेले छलफलका लागि प्रस्तुत गरेको मर्यादाक्रमको मस्यौदाप्रति प्रदेश सभापतिहरूले मर्यादाक्रममा आपत्ति जनाएका छन्। सातै प्रदेशका सभापतिहरू छुटणर्टै बसेर लिखित असन्तुष्टि तयार गर्दै गरिएको गण्डकी सभापति शुक्रराज शर्माले जानकारी दिए। प्रदेश सभापतिहरूको मर्यादा क्रम ११ नम्बरमा पुराइएको छ। उनीहरूले केन्द्रीय सभापति पश्चात् आफूहरू रहनुपर्ने माग गर्न लागेका हुन्। 

आफूहरू केन्द्रीय सदस्य भन्दा माथी , केन्द्रीय सभापति भन्दा मुनि हुनुपर्छ  शर्माले भने।

वरीयताक्रमबारे विवाद उत्पन्न हुन थालेपछि सभापति देउवाले सहमहामन्त्रीहरू जीवन परियार, डिना उपाध्याय र बद्री पाण्डेलाई मर्यादाक्रमको मस्यौदा तयारी गर्ने जिम्मेवारी दिएका थिए।

उक्त जिम्मेवारी पूरा गर्दै मंगलबार पार्टी केन्द्रीय समिति बैठकमा  सहमहामन्त्री पाण्डेले मर्यादाक्रमको मस्यौदा छलफलका लागि प्रस्तुत गरेका हुन्। 

असार २८, २०७९ मंगलबार १६:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।