मोटरसाइकल दुर्घटनामा १९ वर्षीय केवटको मृत्यु

मोटरसाइकल दुर्घटनामा १९ वर्षीय केवटको मृत्यु

रुपन्देही  : रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

तिलोत्तमा नगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–१ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए। प्रमुख केसीका अनुसार लु ४० प ५९८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको हो।

बिहान ५ः १० बजेको समयमा दुर्घटनाबाट गम्भीर घाइते भएका केवटको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

असार २८, २०७९ मंगलबार १५:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।