जसपा फुट्न नदिने महिन्द्र रायको दावी

काठमाडौंः जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री महिन्द्र राय यादवले पार्टी फुट्न नदिने बताएका छन्। काठमाडौंमा सुरु भएको संघीय अध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय केन्द्रीय सदस्यको भेलामा उनले पार्टी फुटे त्यसको जिम्मा अध्यक्ष उपेन्द्र यादव हुने पनि बताए।
‘हाम्रो पनि योगदान छ, पार्टी फुट्न दिँदैनौं,’ उनले भने, ‘पार्टी फुट्न बाध्य पारिन्छ भने त्यसको जिम्मेवार उहाँ (उपेन्द्र) हुनुहुन्छ।’
उनले पार्टीभित्र बोल्न नपाएको पनि गनासो गरे। ‘हामीलाई बोल्न दिइएन। छोरी कुटेर बुहारी तर्साउने?’ उनले प्रश्न गरे।
मधेश आन्दोलनका सहभागीहरू अझै पनि जेलमा रहेकाले तत्काल रिहाइ गर्नुपर्ने पनि उनले माग गरे। ‘रेशम चौधरी आज पनि जेलमा छन् अर्को पार्टी खोले पनि हाम्रो दायित्व हो उनलाई छुटाउने,’ उनले भने।
असार २८, २०७९ मंगलबार १३:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।