१६ वर्षीय बालकलाई छुरा हानेर हत्या गर्ने १७ वर्षीय बालक पक्राउ

सुनसरीः रामधुनी नगरपालिका-६ सुवानाका १६ वर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १७ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ। आज बिहान सवा ७ बजे घरमै सुतिरहेका चन्द्र सदाको १६ वर्षीय छोरा विवेक सदालाई १७ वर्षीय बालकले सुतिरहेकै स्थानमा गई पेटमा छुरा प्रहार गरी हत्या गरेका थिए।
सुरुमा घाइते भएको भन्ने खबर प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो। उपचारको क्रममा बिहान ८ बजे उनको मृत्यु भएको हो।
घटनामा संग्लग्न बालकलाई घटनामा प्रयोग भएको छुरासहित पक्राउ गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।
असार २८, २०७९ मंगलबार १३:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।