कस्तुरीको विना जस्तो वस्तुसहित नयाँ बसपार्कबाट एक जना पक्राउ

काठमाडौंः कस्तुरीको विना जस्तो देखिने वस्तुसहित काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट सोमबार दिउँसो एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्ला सिंजा गाउँपालिका-४ घर भएका ४९ वर्षीय नरबहादुर बुढा रहेका छन्।
काठमाडौं महानगरपालिका-३२ जडीबुटीस्थित 'बर्गर हब'मा कस्तुरीको विना बेचबिखन तथा ओसारपसार गर्दै गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नरबहादुरको साथबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धानको लागि वन कार्यालय पठाउने तयारी भइरहेको छ।
असार २८, २०७९ मंगलबार १२:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।