तोलामा दुई सयले घट्यो सुनको मूल्य

तोलामा दुई सयले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ। यसअघि हिजो एक सय रुपैयाँ प्रतितोलाले बढेको सुन आज पुनः घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ।

यता शुक्रबारदेखि स्थिर रहेको चाँदीको मूल्य आज भने तोलामा १० रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार १७५ रुपैयाँ छ।

असार २८, २०७९ मंगलबार १२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।