एमाले अध्यक्ष ओली र चिनियाँ नेताबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र चिनियाँ नेताबीच भेटवार्ता

काठमाडौंः एमाले अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ। ओली निवास बालकोटमा आज यी दुईबीच भेट भएको हो।

चार दिने नेपाल भ्रमणका लागि आइतबार आएका लिउ भोलि स्वदेश फर्कनेछन्।

भेटवार्ता हाल जारी छ। भेटमा एमालेका तर्फ राजन भट्टराई , विष्णु रिमाल, प्रदीप ज्ञवाली लगायत सहभागी छन्। यस्तै चिनियाँ पक्षका पनि थुप्रै सदस्य सहभागी छन्।

असार २८, २०७९ मंगलबार ११:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।