राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंः आज राष्ट्रिय सभाको बैठक बस्ने भएको छ। राष्ट्रिय सभाको १२औं अधिवेशनको ३५औं बैठक आज बिहान ११ बजे बस्नेछ।
आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विभिन्न विधेयकलाई सभासमक्ष टेबल गर्नेछन्। सम्भावित कार्यसूचीअनुसार फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९, सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सपुरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ र खानेपानी तथा सरसफाइ विधेयक, २०७६ टेबल हुनेछन्।
यस्तै गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
साथै सो विधेयक पारित गरियोस् भनेर प्रस्ताव पेश गर्नेछन्।
असार २८, २०७९ मंगलबार ०९:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।