विराटनगरमा ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगरमा ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङः विराटनगर महानगरपालिका- १४ मा हिजो बेलुका ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका- १३ का ५५ वर्षीय विजय बानियाँ रहेका छन्।

गम्भीर घाइते भएका बानियाँको उपचारको क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको हो।

ना६ख १८३४ नम्बरको ट्याङ्करले हिजो बेलुका सवा ८ बजे बानियाँलाई ठक्कर दिएको हो। दुर्घटनामा संलग्न ट्याङ्करसहित चालकलाई ईलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ।

असार २८, २०७९ मंगलबार ०८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।