मङ्गलबारको मौसम: प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भीषण वर्षाको सम्भावना

मङ्गलबारको मौसम: प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भीषण वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको कारण प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।

यतिबेला प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो यिनै प्रदेशको एक वा दुई स्थानमा भीषण वर्षाको समेत सम्भावना छ।

आज राति देशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना छ। 

असार २८, २०७९ मंगलबार ०७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।