अर्थतन्त्रमा राहत, रेमिटेन्स ३.८ प्रतिशत बढ्यो

अर्थतन्त्रमा राहत, रेमिटेन्स ३.८ प्रतिशत बढ्यो

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ मसान्तसम्म)को वित्तीय विवरणमा रेमिटेन्समा सुधार देखिएको छ।

सो अवधिमा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको बैङ्कको विवरणमा उल्लेख छ। यो रकम गत वर्षको यसै अवधिको तुलनामा  ३.८ प्रतिशत बढी हो।

अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह १.५ प्रतिशतले वृद्धि भएर ७ अर्ब ५१ करोड डलर पुगेको छ। केही महिना अघिसम्मको समीक्षा अवधिमा रेमिट्यान्सको वृद्धिदर ऋणात्मक थियो।

रेमिटेन्स घट्दा त्यसको असर विदेशी मुद्रा सञ्चितिमा परेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिनेको सङ्ख्या बढेको छ । यस्तो स्वीकृति लिनेको सङ्ख्या ११ महिनामा ३ लाख १३ हजार ३ सय ६७ पुगेको छ।

असार २८, २०७९ मंगलबार ०१:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।