सय मिटर बटरफ्लाइको विजेता भइन् निभा

सय मिटर बटरफ्लाइको विजेता भइन् निभा

काठमाडौँ : दशौँ एनएसए स्विमिङ प्रतियोगिताको सय मिटर बटरफ्लाइ निभा मास्केले जितेकी छिन्। अन्तर्राष्ट्रिय स्पोर्टस् कम्प्लेक्स ललितपुरमा भएको प्रतियोगितामा उनले गोल्ड मेडल जितेकी हुन्।

सो क्याटगरीमा डुना लामा दोस्रो र सियारा शुभाङगी बजगाईँ तेस्रो भएकी थिइन्। सो प्रतियोगिता नेपाल पौडी संघले आयोजना गरेको थियो। 

असार २७, २०७९ सोमबार २३:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।