नेपालमा डलर खाता खोल्न गैर आवासिय नेपालीलाई  ढकालको आग्रह

नेपालमा डलर खाता खोल्न गैर आवासिय नेपालीलाई  ढकालको आग्रह

बेलायत : नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोनापछिको समयमा नेपालमा आर्थिक सङ्कटका सङ्केतहरू देखा परेको भन्दै विदेशमा रहेका नेपालीलाई नेपालमा पनि डलर खाता खोल्न आग्रह गरेका छन्।

उनले यो आर्थिक सङ्कटबाट देशलाई पार लगाउन नेपालमा समेत डलर खाता खोल्नुपर्ने र विदेशी लगानी समेत बढाउनुपर्ने बताए।

नेपाल पत्रकार महासङ्घ युकेको वार्षिक साधारण सभामा बोल्दै  ढकालले विश्वमा देखिएको कोरोनाको प्रभावको आर्थिक मन्दी तथा सङ्कटका बाछिटा नेपालमा पनि देखिएको भन्दै नेपाललाई सङ्कटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाई राख्न संसारभरमा रहेका नेपालीहरूले नेपालमा पुँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी गर्न आग्रह गरे।

उनले नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कको समन्वयमा नेपालमा डलर खाता खोल्ने सुविधा पाएको भन्दै यसबाट लाभ लिन र नेपालमा बढी भन्दा बढी लगानी ल्याउन आग्रह गरेका थिए।

उनले सुरुमा कोरोनाको कहर र पछिल्लो रुस युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेकन् समस्याहरू देखा परिरहेको तथा महँगी बढेकाले त्यसको प्रभाव आर्थिक क्षेत्रमा परेको बताए।

असार २७, २०७९ सोमबार २०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।