ओप्पो ए ५७ र ओप्पो ए ७७ नेपाली बजारमा आउँदै

ओप्पो ए ५७ र ओप्पो ए ७७ नेपाली बजारमा आउँदै

काठमाडौँ  :  नेपालमा ओप्पो ए ५७ र ओप्पो ए ७७ चाँडै सार्वजनिक हुने भएको छ। ओप्पोले सो घोषणा गरेको हो। यी दुई नयाँ स्मार्ट फोन लङ्ग लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावट रहेको कम्पनीको दाबी छ।

ओप्पो ए- सिरिजहरू ओप्पोको एन्ट्री–लेभल मीड–रेन्ज बजेट स्मार्टफोनहरू रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो सिरिजमा आधारभूत सुविधाहरू जारी राख्दै अघिल्लो सिरीजको तुलनामा केही सुधार गरिएको उसले उल्लेख गरेको छ।

कम्पनीले नेपालमा ओप्पो ए ७७ र ओप्पो ए ५७ को लागि सार्वजनिक गर्ने मिति तोकेको छैन। यद्यपि यो फोन चाँडै नै सार्वजनिक हुने उसले दाबी गरेको छ। 

असार २७, २०७९ सोमबार २०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।