एनसेलको ‘डबल मजा प्याक’

एनसेलको ‘डबल मजा प्याक’

काठमाडौँ : एनसेल आजियाटा लिमिटेडले डेटा अफर ‘डबल मजा प्याक’  सार्वजनिक गरेको छ। यसमा ग्राहकलाई १ सय २५ रुपैयाँ पर्ने डेटा प्याक पुनः खरिद गरी आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

'यदि ग्राहकहरूले ७ दिनको समयसीमा रहेको ५ जीवी डेटा कर सहित १ सय २५ मा खरिद गर्छन्। प्याकको समयसीमा सकिनु भन्दा पहिले नै सो प्याक पुनः खरिद गर्दछन् भने उही शुल्कमा ५ जीबीको सट्टामा १० जीवी डेटा प्राप्त गर्नेछन्।'

कम्पनीका अनुसार यो अफर असार २४ गते शुक्रवारबाट सञ्चालनमा आउने छ। समयावधि सकिनु अघि नै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोही अनुसार थपिँदै जाने यस अफरको विशेषता रहेको विज्ञप्तिमा उल्लेख छ।

यदि कुनै ग्राहकले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुन खरिद गरेमा नयाँ १० जीवी बाँकी डेटा भोल्युममा जोडिन्छ र समयसीमा पनि बाँकी रहेको ४ दिन सहित ११ दिन हुने र प्याक आवश्यकता अनुसार जति पटक पनि पुनः खरिद गर्न सकिने तथा कुल अधिकतम समयसीमा २८ दिन रहने कम्पनीमा उल्लेख छ।

'हामी आफ्ना ग्राहकलाई हाम्रो निरन्तरको प्रयास र नवीन सेवा मार्फत उत्कृष्ट सेवा अनुभव र यसको उचित मूल्य प्रदान गर्न प्रतिबद्ध छौँ। आफ्नो डेटाको सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डेटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबल मजा प्याकले ग्राहकलाई ठुलो महत्त्व राख्दछ,' एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने।

असार २७, २०७९ सोमबार २०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।