मिडियाप्रति कामु प्रधानन्यायाधीश कार्कीको गुनासो : मिसिलमा रहेर फैसला गर्दा पत्रिकामा तथानाम आउँछ

मिडियाप्रति कामु प्रधानन्यायाधीश कार्कीको गुनासो : मिसिलमा रहेर फैसला गर्दा पत्रिकामा तथानाम आउँछ

काठमाडौँ : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मिसिलमा रहेका प्रमाणलाई हेरेर फैसला गर्दा पनि समाचारमा तथानाम आउने गरेको गुनासो गरेका छन्। सञ्चारकर्मीहरूसँगको अन्तर्क्रियामा उनले सोमबार यस्तो दाबी गरेका हुन्।

उनले कहिलेकाहीँ सञ्चार माध्यममा पुरै अपराधी नै हो भनेर चित्रण गर्ने गरेको तर मिसिलमा रहेको रेकर्ड हेर्दा समाचारमा आएको विषय भन्दा भिन्न हुने गरेको बताउँदै भने'हामीले मिसिल हेरेर फैसला गर्ने हो। तर त्यही अनुसार फैसला गर्दा तथानाम आउँछ।'

उनले प्रमाणका आधारमा भन्दा पनि मिडियाले लेखेकै आधारमा न्याय नपाएको होकि भन्ने अवस्था आएको गुनासो समेत गरे।

उनले जनआस्था अरूले बनाइदिने कुरा नभई अदालत आफैले बनाउने कुरा भएको बताए। 'अरूले हेर्दा न्याय पाएको रहेछ भन्ने गरी काम गर्नुपर्यो। हामी त्यो गर्छौ,' उनले भने। 

असार २७, २०७९ सोमबार २०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।