बिजी बेकर्स बुटवल कोरा २०२२ को तयारी पूरा

बुटवल : बिजी बेकर्स बुटवल कोरा २०२२ को तयारी पूरा भएको छ। असार ३२ गते शनिबार हुने बुटवल कोराको आवश्यक तयारी पूरा भएको बुटवल युनाइटेड साइक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले बताए।
कार्यक्रमलाई रुपन्देहीका ह्याप्पी साइक्लिङ क्लब, तिनाउ साइक्लिङ क्लब, बुटवल साइक्लिङ ग्रुप, साइकल साथी सैनामैनाका साथै नवलपरासी जिल्ला साइक्लिङ संघको समेत सहकार्य रहेको उनले बताए।
दैनिक जीवनमा साइकलको बढीभन्दा बढी प्रयोग गर्नसके यसबाट मानिसको स्वस्थ्य र पर्यावरण जोगाउन योगदान मिल्ने उनको भनाइ छ।
रुपन्देही जिल्ला साइक्लिङ संघका सदस्य तथा बुटवल साइक्लिङ क्लबका सदस्य स्वस्तिक श्रेष्ठले कोराको महत्व र कार्यक्रमबारे प्रकाश पार्दै कोरा बुटवलको संस्कृति बन्दै गएको बताए। साइकलमार्फत पर्यटन प्रवद्र्धनको अभियानमा यस क्षेत्रका साइक्लिस्ट लागेको उनले बताए।
कार्यक्रममा भैरव ग्रुपका अध्यक्ष गोपालबहादुर पोखरेलले साइकलमार्फत पर्यटन प्रवद्र्धनको अभियान निकै उत्कृष्ट कार्य भएको बताए।
बिजी ग्रुप प्रालिका सञ्चालक तारा रायमाझी पोखरेल, रुपन्देही जिल्ला साइक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, ह्याप्पीका अध्यक्ष सुमन श्रेष्ठ, क्लबका सचिव राजु तिवारीले रुपन्देहीका साइक्लिस्टहरुलाई एकतावद्घ गराएर सामाजिक कार्यमा अग्रसर गराउने अभियानका रुपमा कोरा चल्दै आएको बताए।
कार्यक्रमका संयोजक रविलाल सुवेदीले विभिन्न उपसमितिमार्फत कार्यक्रमको तयारी तीव्र रुपमा चलेको बताए।
कार्यक्रमको रुट र टिसर्ट सार्वजनिक एक हप्ताभित्र गरिने उनले बताए। यो वर्ष कोरामा रुपन्देहीका ४ सहित नवलपरासी जिल्ला साइक्लिङ संघसहित एक सय ५० बढी साइक्लिस्टहरु सहभागी हुनेछन्।
असार २७, २०७९ सोमबार १७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।