सशस्त्र प्रहरीमा बढुवाका लागि विशेष पद बन्दै, बढुवाको आधार कार्यसम्पादन हुने दाबी

सशस्त्र प्रहरीमा बढुवाका लागि विशेष पद बन्दै, बढुवाको आधार कार्यसम्पादन हुने दाबी

काठमाडौँ : सशस्त्र प्रहरीमा बढुवाका लागि विशेष पद बनाउन गृहकार्य, बढुवाको आधार कार्यसम्पादनकाठमाडौँ : सशस्त्र प्रहरीमा रोकिएको बढुवा खुलाउन सङ्गठन व्यवस्थापन तथा सर्वेक्षण वा विशेष पद सृजना गर्ने गृहकार्य शुरु भएको छ।  हालै डिएसपीमा बढुवा पाएका ५७ जना प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह लगाइदिँदै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो तयारीबारे जानकारी दिएका हुन्।

उनले व्यावसायिक जीवनमा पदोन्नति बृत्तीविकासको महत्त्वपूर्ण पाटो रहेको भन्दै सङ्गठनमा खाली रहेका सबै पदहरूमा तत्कालै बढुवा गर्ने गरी आफूहरू अगाडी बढिरहेको बताउँदै यसका लागि सङ्गठन व्यवस्थापन तथा सर्वेक्षण वा विशेष पद सृजना गर्नेतर्फ समेत पहल भइरहेको बताए।

खाली पदहरू सीमित रहँदा सबैले एकै पटक पदोन्नति प्राप्त गर्न नसके पनि लामो समयसम्म एउटै पदमा रहेर कार्य गरिरहेका अधिकृतहरूको बृत्ति विकासका लागि कार्यसम्पादन मूल्याङ्कन प्रणालीलाई वस्तुपरक र वैज्ञानिक बनाउँदै लगिने दाबी गरे।

उनले बढुवा पाएका अधिकृतहरूलाई व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सकारात्मक सोचकासाथ अझ बढी अध्ययनशील र ईमान्दार भएर काम गर्न निर्देशन दिए।

गृह मन्त्रालय सचिवस्तरको असार २४ गतेको निर्णय अनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र डिएसपीमा ५६ जना अधिकृत र अवकाश पूर्व विशेष बढुवा भएका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशलाल श्रेष्ठले दर्ज्यानी चिन्ह लगाएका थिए।

असार २७, २०७९ सोमबार १६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।