कर्णालीका अर्थमन्त्री विष्टको मेडिसिटीमा उपचार हुँदै

फाइल तस्बिर
काठमाडौंः कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टको उपचार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भइरहेको छ। स्वास्थ्यमा खराबी आएपछि उनलाई आज काठमाडौं ल्याइएको थियो।
यही असार २५ गतेदेखि मन्त्री विष्टको स्वास्थ्यमा खराबी आएको हो। उनलाई कर्णाली केयर अस्पताल, सुर्खेतमा उपचार गरिएको थियो।
विष्टका प्रेस सल्लाहकार हृदय रिमालका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
असार २७, २०७९ सोमबार १४:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।