एक्सकाभेटरले बाटो खन्दा ढुङ्गा खस्यो, एक पैदलयात्रीको मृत्यु

एक्सकाभेटरले बाटो खन्दा ढुङ्गा खस्यो, एक पैदलयात्रीको मृत्यु
साङ्केतिक तस्बिर

ताप्लेजुङः सिदिङवा गाउँपालिका- ३ आगेपामा एक्सकाभेटरले बाटो खन्ने क्रममा सडकमुनि खसेको ढुङ्गाले लागेर एक जना पैदलयात्रीको मृत्यु भएको छ। आइतबार दिउँसो सोही स्थानका २२ वर्षीय गंगाराम कडरियाको घटनास्थलमा नै मृत्यु भएको हो।

सो स्थानमा सडक खनिरहेको र खनेको ढुङ्गा माटोलाई सडकभन्दा तल फाल्ने क्रममा सोही फालेको ढुङ्गाले कडरियालाई लागेको थियो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

असार २७, २०७९ सोमबार १२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।