सांसदले उठाएको विषयमा उचित जवाफ दिन सरकारलाई सभामुखको ध्यानाकर्षण

काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूले शून्य समय र विशेष समयमा उठाएको विषयमा उचित जवाफ दिन सरकारलाई ध्यानाकर्षण गराएका छन्। शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरूले आपत्ति जनाएका छन्।
आजको बैठकमा पनि शून्य समयमा सांसदहरूले मुलुकको समसामयिक एवम् राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विपद्का विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
सभामुखले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन्।
असार २७, २०७९ सोमबार १२:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।