सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढ्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ। आज छापावाल सुनको मूल्य ९४ हजार ७०० तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९४ हजार २०० कायम भएको छ। ठूलो अन्तरले घटेको सुनको मूल्य पछिल्लो दिनमा झिनो अन्तरले बढिरहेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी एक हजार १८५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। शुक्रबारदेखि नै चाँदीको मूल्य स्थिर छ।

असार २७, २०७९ सोमबार ११:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।