आजबाट बङ्गलादेश बैङ्कको सबै सम्पत्ति नबिलको

काठमाडौँ : मुद्दा मामिला पार लगाउँदै नबिल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई एक्विजिशन गरेर आजबाट एकीकृत कारोबार सुरु गर्दैछ।
सोमबारबाट नबिलले ‘नबिल बैङ्क लिमिटेड’ नामबाट एकीकृत कारोबार गर्नेछ। राष्ट्र बैङ्कको अनुमतिपछि सोमबारबाट बङ्गलादेश बैङ्कको सम्पत्ति र दायित्व नबिल बैङ्कमा सरेको छ।
असार १५ गते राष्ट्र बैङ्कको सञ्चालक समितिले यी दुवै बैङ्कलाई मर्जरको अन्तिम स्वीकृति दिएको थियो। स्वाप रेसियो १००ः४२ मा नेपाल बङ्गलादेश बैङ्कलाई नबिल बैङ्कले गाभ्ने समझदारी भएको थियो।
असार २७, २०७९ सोमबार ०९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।