विराटनगरमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु

विराटनगरमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु

मोरङः विराटनगर महानगरपालिका- १२ मा गए राति मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा साइकल चालक विराटनगर महानगरपालिका- १५ का ४५ वर्षीय भोला श्रेष्ठ रहेका छन्। गम्भीर घाइते भएका भोलाको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा गए राति नै मृत्यु भएको हो।

घाइते भएका साइकलपछाडि सवार उनकै १२ वर्षीय भतिज सुशान्त श्रेष्ठको सोही अस्पतालमै उपचार भइरहेको छ। प्रदेश-१-०२-०४९प ६२५८ नम्बरको मोटरसाइकलले गए राति १० बजे साइकललाई ठक्कर दिएको हो।

दुर्घटनालगत्तै मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ।

असार २७, २०७९ सोमबार ०९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।