कर्जाको पाँच वर्षसम्म ब्याजदर एउटै हुने गरी नीति आउँछ : गभर्नर

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले हाल १० महिनामा व्यापार घाटा १४ खर्ब ३१ अर्बको रहेकोले यसलाई सुधार्ने गरी मौद्रिक नीति आउने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्नै उनले प्राइभेट सेक्टर भएर नाफा खोज्नु स्वाभाविकै रहे पनि यसपालि प्राइभेट सेक्टरको नाफा जोगाउने काम मौद्रिक नीतिले नगर्ने दाबी गरे।
'नीति बनाउँदा समग्र अर्थतन्त्रको ओरालो गतिलाई स्टेबल र संरक्षण गर्न कसरी गर्ने भन्ने सोचेर मौद्रिक नीति जारी गर्नुपर्छ’ उनले कार्यक्रममा भने।
मौद्रिक नीति व्यक्ति तथा संस्थाको आवश्यकता अनुसार नआउने भन्दै उनले निश्चित अवधिको लागि लिइने कर्जाको पाँच वर्षसम्म ब्याजदर एउटै हुने, निश्चित समयको कर्जामा बेस रेट प्लस डेढ प्रतिशत प्रिमियम रहने बताएका थिए।
बेस रेट बढ्यो भने प्रिमियम सोही रहने र चालू प्रकृतिको कर्जा लिएर यस्तो विषयमा गुनासो नगर्न आग्रह गरेका थिए।
असार २६, २०७९ आइतबार १९:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।