प्रधानमन्त्री देउवासँग विदेश विभाग प्रमुख लिउको भेट

प्रधानमन्त्री देउवासँग विदेश विभाग प्रमुख लिउको भेट

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच दुई पक्षीय आपसीहितका विविध विषयमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेका हुन्। उनले आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि भेट्ने कार्यक्रम रहेकोे मन्त्रालयले जनाएको छ। 
 

असार २६, २०७९ आइतबार १७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।