इलाममा रुखले किचेर एक वृद्धको मृत्यु

साङ्केतिक तस्बिर
इलामः इलाम माई नगरपालिका- ५ धोबीखोला बस्ने ८२ वर्षीय प्रेमबहादुर आङदम्बे लिम्बूको रुखले किचेर मृत्यु भएको छ। बिहान २ बजे पानीसँगै आएको हावाहुरीले घर नजिकै रहेको सखुवाको रुख ढल्दा बाँसको टाँटी र टिनको छानो भएको घर किच्दा सोही घरमा सुतिरहेका लिम्बूको घटनास्थलमा नै मृत्यु भएको थियो।
घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी दानाबारी र जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटेर कानूनी प्रकृया तथा अनुसन्धान भइरहेको छ।
असार २६, २०७९ आइतबार १४:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।