आज सुन तोलामा दुई सय रुपैयाँले बढ्यो, चाँदी स्थिर

आज सुन तोलामा दुई सय रुपैयाँले बढ्यो, चाँदी स्थिर

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ। केही दिनयता ओरालो लाग्दै ९४ हजार ६०० मा पुगेको छापावाल सुनको मूल्य आज बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९४ हजार ८०० तोकिएको छ। यस्तै तेजाबी सुनको मूल्य ९४ हजार ३०० कायम भएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर छ। आज चाँदी प्रतितोला एक हजार १८५ कायम भएको छ।

असार २६, २०७९ आइतबार १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।