बुटवलको एक होटलमा २१ वर्षीया समीक्षा झुण्डिएको अवस्थामा फेला

बुटवलको एक होटलमा २१ वर्षीया समीक्षा झुण्डिएको अवस्थामा फेला

बुटवलः बुटवल उपमहानगरपालिका–३ मा रहेको पाल्पाली होटलमा एक युवती मृत फेला परेकी छिन्। बुटवल-११ की २१ वर्षीया समीक्षा गुरुङ झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार गए राति ती युवती र एक युवा होटलमा बस्न गएका थिए।
‘ती युवती र युवा राति साढे १० बजे सो होटलमा गएको खुलेको छ। युवकले राति नै बिल तिरेर गएको र पछि चेक आउट गर्न जाँदा युवती झुण्डिएको भन्दै राति १२ बजे होटल संचालकले फोन गर्नुभएको थियो’, प्रहरी प्रमुख केसीले भने।

युवतीसँगै गएका युवकको हालसम्म पहिचान भएको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए।

अहिले युवतीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ।

असार २६, २०७९ आइतबार १४:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।