मोटरसाइकल दुर्घटनामा मृत्यु

काठमाडौं : विर्तामोड-शनिश्चरे सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथरको फिदिम नगरपालिका-५ का २६ वर्षीय कुमार खनाल छन्।
दुर्घटनास्थलमा भेटिएको नागरिकताका आधारमा उनी फिदिमको रहेको विर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ।
उनी सवार बा४२प १२८ नंको मोटरसाइकल सडकको किनारमा पल्टिएको र खनाल सडकमै मृत भेटिएको प्रहरीको भनाइ छ। दुर्घटना र मृत्युको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असार २६, २०७९ आइतबार ०८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।