वाम-लोकतान्त्रिक शक्तिहरू एक हुनु जरूरी : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम-लोकतान्त्रिक शक्तिहरू एक हुन जरुरी रहेको बताएका छन्।
बकर इदको अवसरमा आज मुस्लिम धर्मावलम्बीहरूलाई शुभकामना दिँदै उनले वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोहोर्याउन परिवर्तनकारी वाम-लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुनुपर्ने उल्लेख गरेका छन्।
'जनयुद्ध' र जनआन्दोलनका उपलब्धिको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रा तय गर्न वाम-लोकतान्त्रिक शक्तिहरू केन्द्रीकृत हुनपर्ने उनको भनाइ छ।
प्रचण्डले भने, ‘मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोहोर्याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरु एकीकृत जरुरी छ।’
भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मावलम्बीको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास लिएको उनले बताएका छन्।
असार २६, २०७९ आइतबार ०८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।