आजको मौसम : प्रदेश १ र बागमतीमा बिहानैदेखि वर्षा

काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका विभिन्न भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
अहिले प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन सहित वर्षा भइरहेको विभागले जनाएको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
विभागका अनुसार आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
असार २६, २०७९ आइतबार ०७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।