आज बकर इद, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं : मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। बकर इदको अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गर्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान-प्रदान गर्ने परम्परा छ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्छ।
मुस्लिम धर्मावलम्बीले आइतबारदेखि मंगलबारसम्म तीन दिन इद पर्व मनाउने छन्।
असार २६, २०७९ आइतबार ०७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।